बैतडीका ग्रामिण सडकहरूको दुर्दशा, यात्रा जोखिमपूर्ण

बैतडी- सुख्खायाममा नियमित संचालन हुने बैतडीका ग्रामिण सडकहरु वर्षा सुरु भएसंगै अस्तव्यस्त बनेका छन् । जसका कारण यहाँका यात्रु र गाडीधनीहरु मारमा परेका छन् । वर्षभरी नियमित संचालन हुदै आएका देहिमाण्डौँ, दुर्गास्थान, सलेना सडक खण्ड पनि अहिले ठाउँ–ठाउँमा भत्केर अस्तव्यस्था बनेको छ ।


जेनतेन सवारीसाधन चलिरहेको सडक निकै जोखिमपुर्ण रहेको स्थानीय गाडी चालक किशोर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गडी गुडाउनै मुस्किल छ, नाली नबनेको र सानोतिनो खाल्डाखुल्डी र पहिरो नपच्छाउने गर्नाले सडकको बेहाल छ ।’ यो एउटा प्रतिनिधिमुलक घटनामात्रै हो जिल्लाका प्राय ग्रामिण सडकहरुको अवस्था निकै जोखिमपूर्ण छ ।


जोखिमपुर्ण सडकका बारेमा पटक–पटक दरशथचनद नगरपालिका र मेलौली नगरपालिकाका जनप्रतिनिधिहरुलाई आग्रह गरेपनि वेवास्ता गरिएको स्थानीय गाडी धनी तारादत्त बडुले बताउनुभयो । उहाँले भन्नुभयो, ‘धेरै पटक वडा अध्यक्ष र पालिकामा खबर गरिसके कसैले सुन्दैन यात्रा निकै जोखिमपुर्ण छ ।’
यहाँका चार नगरपालिका र छ वटा गाउँपालिकाले ग्रामीण सडकको माटो सफा गर्न बर्सेनि आठ करोड बढी रकम खर्च गर्दै आएका छन तर कुणस्तरी काम नहुँदा स्थानीयले हरेक वर्षातमा समस्या भाग्दै आएका छन् ।

प्रतिक्रिया छाेड्नुहाेस्