नेपाल निजामती कर्मचारी संगठनको उत्कृष्ट समितिको रूपमा बैतडी समिति पुरस्कृत

बैतडी- नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बैतडी सुदूरपश्चिम भरीका कार्यसमितिहरुमध्ये उत्कृष्ट कार्यसमितिको रुपमा पुरस्कृत भएको छ । उत्कृष्ट कार्यसमितिलाई सहिद मनोज-झपेन्द्र-सुरेन्द्र स्मृति दिवस-२०८२ को अवसरमा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो ।

सुदुरपश्चिम प्रदेशका कार्यसमितिहरु मध्येबाट कार्यसम्पादननमा उत्कृष्ट कार्यसमिति भएपनि बैतडी जिल्ला कार्यसमिति बैतडी एक समारोहका बिच पुरस्कृत भएको नेपाल निजामती कर्मचारी संगठन बैतडीका अध्यक्ष पदम कार्कीले बताउनुभयो ।

पुरस्कृत भएपछि सांगठनिक विकास, कर्मचारीको हक–हीत तथा अधिकार र सेवाप्रति कर्तव्यनिष्ठ हुन अझै प्रेरण मिलेको अध्यक्ष काकीले बताउनुभयो ।

प्रतिक्रिया छाेड्नुहाेस्