बैतडीकी धौली भुललाई चितवनका युवा उद्यमी अग्रवालको आर्थिक सहयोग

बैतडी : गिट्टी कुटेर जीवनयापन गरिरहेकी दशरथचन्द नगरपालिका–४, गोठलापानीकी ७३ वर्षीया धौली भुललाई चितवन, नारायणगढका युवा उद्यमी चन्दन अग्रवालले उपचार र खाद्यानको लागि आर्थिक सहयोग गरेका छन् ।

कान्तिपुर पत्रिकाको ‘घर खर्च’ स्तम्भमा बृद्धाले गिट्टी कुटेर विक्री गरेवापतको रकम ठेकेदारले समयमा उपलब्ध नगराएपछि आफ्नो र बिरामी छोराको उपचार गर्न नसकेको खबर युवा उद्यमी अग्रवालले पढेका थिए ।

उक्त खबर पढेपछि अद्यमी अग्रवालको मन छोएको थियो । आमा र छोराको उपचारको लागि तत्काल खाद्यान्न र अस्पतालसम्म लैजान पुग्नेगरि २१ हजार रुपैया आर्थिक सहयोग गरेको युवा उद्यमी चन्दन अग्रवालले बताउनु भयो ।

चितवनको नारायणगढका युवा उद्यमी चन्दन अग्रवाल

कान्तिपुर पत्रिकाको ‘घर खर्च’ स्तम्भमा युवा उद्यमी चन्दन अग्रवालले पढेर मलाई फोन गरेर धौली आमाको उपचारको लागि २१ हजार पठाएको छु बुझाईदिनु भन्नु भएको कान्तिपुरकर्मी मोहन चन्दले बताउनु भयो ।

जिल्लास्थित कान्तिपुर संवाददाता मोहन चन्द, नेपाल पत्रकार महासंघ बैतडीका अध्यक्ष नरी बडु र कोषाध्यक्ष करुणाकर भट्ट मार्फत उक्त सहयोग रकम हस्तान्तरण गरिएको कान्तिपुरकर्मी चन्दले बताए ।

कान्तिपुर सम्वाददाता मोहन चन्द र धौली भुल

आफुले सहयोगीलाई भेटन नपाएपनि सहयोगदाता अग्रवाललाई धौली भुलले भगवान भनेका छन् । सहयोगी भगवानलाई हिर्दयदेखि धन्यवाद दिन चाहान्छु उनको जहिले पनि जय होस, मेरो आशिर्वाद लागोस भुलले भनीन् । रकम हस्तान्तरण टोली संग बैतडी स्थित विभिन्न मिडीयामा कामगर्ने पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया छाेड्नुहाेस्