०८२ साउन २१ । बैतडी- बर्षाका कारण पहिरो खसेपछी बैतडी-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बैतडीको सिगास गाउँपालिका– ९ रमिलापूर नजिक पहिरो खसेपछी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।
अविरल बर्षाका कारण गएराती करिब १ बजेतिर सडक माथी बाट पहिरो खसेपछी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रव प्रहरीक्ता निरिक्षक बलराम पाण्डेयले बताउनुभयो । सडक अवरुद्ध बनेपछि बझाङ भित्रीने तथा बाहिरीने सवारीसाधन बिचबाटोमा नै रोकिएका छन् ।
अवरुद्ध राजमार्ग खुलाउने प्रयास भैरहेको पाण्डेयले बताउनुभयो ।











