बैतडी : जिल्लाको पञ्चेश्वर गाउँपालिका २ फोक्सोको क्यान्सर पिडित गगन बस्केल अहिले आर्थिक अभावले गर्दा क्यान्सरको उपचार गराउन सक्ने अवस्थामा छैनन् । आफु संग भएको पैसा र रिन निकालेको ४ लाखले भारतको बरेलीमा उपचार गर्दा धेरै पछि क्यान्सर पत्ता लागेको थियो ।
अहिले उनलाई चितवनको क्यान्सर अस्पतालमा भर्ना गरिएको गगनका भाई केशव बस्केलले बताउनु भयो । भाई केशवले भन्नु भयो ‘हामी संग भएको पैसा र रिन निकालेको सबै पैसा सकि सकेको छ । अव औषधि किन्ने पैसा नहुँदा के गर्ने भन्नेर सबैलाई आर्थिक सहयोगको अपिल गरिरहेका छौ ।’
आर्थिक अवस्था एकदमै कम्जोर भएका गगन लाई एक्कासी यो रोग लागेपछि परिवारलाई अहिले तातो दुध निल्नु न उकेल्नु भएको छ । घरमा गगनको एक अपांग छोरा, श्रीमती र अर्को छोरो रहेका छन् ।
सहयोग गर्ने सहयोगी दाताले पुस्कल राम कोली को नेपालको नविल बैंकको खाता नं. ७६१००१७५००८०१ र भारतको लागि सुरेश सिह गुगलपे नम्बर ८९५००४२५६० मा सक्दो सहयोग जम्मा गरिदिन हुन अनुरोध गरिएको छ ।
तपाईको सानो सहयोगले कैसैको ज्यान जोगिदै छ । यो भन्दा ठुलो धर्म अरु केनै हुन सक्छ र । थप जानकारी विरामीका भाई केशव बस्केल मोवाईवाल नं ९८६६१०३२६७ बाट लिन सकिन्छ ।











