अछाम– धुमधामसंग कृष्ण जन्माष्ठमी मनाउने खुसीसाथ सजावट गरिरहंदा अछाममा एक जनाको ज्यान गएको छ ।
कृष्ण जन्माष्ठमीमा लाग्ने मेला सजाइरहेका अछामका रोहित साउंदको ज्यान गएको हो ।
हर्षोलाका साथ मेलालालाई सजाउने क्रममा उनलाई करेन्ट लागेको बताएको छ । करेन्ट लागेर नै उनको ज्यान गएको हो ।
यस्तै सजावटमा खटीएका अन्य ४ जना घाइते भएका छन् ।
जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाका स्थानीय समीर शाह, विनोद रावत, बम शाह र लव्सन सुनार घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको जनाइएको छ।
रोडबजारदेखि बरदादेवी मन्दिर जाने गेटमा नेपालको राष्ट्रिय झण्डा टाँग्ने क्रममा उनीहरुलाई बिजुलीको पोलमा छोइदा करेन्ट लागेको थियो ।
मृतक १७ बर्षिय रोहित झरना होटलका संचालक गजेन्द्र साउँदका एक्ला छोरा हुन् ।
कृष्णजन्माष्टमीको अवसरमा लाग्ने मेलाको तयारी गरिरहेको समयमा करेन्ट लागेको बताइएको छ ।
मेलालाई लक्षित गरी किशोरहरू सार्वजनिक स्थलमा राष्ट्रिय झण्डा लगायतका सजावट गरिरहेका बेला सो घटना भएको हो ।
कृष्णजन्माष्टमीको पुर्वसन्ध्यामा भएको यस घटनाले जयगढ शोकमय बनेको ।












