अछाममा खाल्डो नजिक खेलीरहेका एक बालकको मृत्यु

अछाम– अछाममा पानीको खल्डोमा डुबेर एक बालकाको मृत्यु भएको छ।

जिल्लाको साँफेबगर नगरपलिका १ ग्वालेकोटका सानु दमाईको ११ वर्षी छोरा सक्षम परीयारको मृत्यु भएको हो।

बुढीगंगा नदी किनारामा ढुङ्गा, गिठ्ठी निकाल्दा बनेको खाल्डोमा परेको शुक्रबार उनको मृत्यु भएको हो ।

बुढीगंगा नदी बढेपछि सो खाल्डोमा पानी जमेको जमेको थियो । पानी जमेको ठाउँ नजिक खेल्ने क्रममा खाल्डोमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय साँफेबगर, अछामबाट खटिएको प्रहरी टोलीले स्थानियको सहयोगमा उक्त खाल्डोबाट निकालेको थियो ।

उपचारको लागि न्याय हेल्थ अस्पताल बयलपाटा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्