ओसीएमसी गुनासो सुनुवाइ तथा व्यवस्थापन निर्देशिकाको ड्राप्टमाथी छलफल

भदाै ०८२ लैंङ्गिक हिंसा सम्बोधनका लागि जिल्ला अस्पताल, बैतडीमा संचालित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) सम्बन्धमा गुनासो सुनुवाइ र व्यवस्थापन सम्बन्धी निर्देशिकाको ड्राप्टमाथी छलफल गरिएको छ । जिल्ला स्थित सरोकारवालाहरुको सहभागितामा जिल्ला प्रशासन कार्यालयमा उक्त ड्राप्टमाथी छलफल गरिएको संयुक्तराष्ट्र संघीय जनसंख्या कोष (युएनएफपीए) का जिल्ला संयोजक खगेन्द्र भट्टले बताउनुभयो ।

ओसीएमसी संचालनका क्रममा भएका त्रुटी कम गर्दै एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवालाई अझै प्रभावकारी र विश्वासीलो बनाउन निर्देशिका पास गर्न लागिएको भट्टले बताउनुभयो । लैंङ्गिक हिंसा प्रभावितलाई एउटै ठाउँबाट उपचारात्मक, कानूनी तथा मनोसामाजिक परामर्श लगायतका सम्पुर्ण सेवाहरु दिन युएनएफपीए र सीएमसी नेपालको आर्थिक सहयोगमा जिल्ला अस्पताल बैतडीमा एकद्वार संकट व्यवस्थापन केन्द्र संचालनमा छ ।

ओसीएमसीमा कार्यरथ कर्मचारी, अस्पताल लगायत सो संग जोडिएका सम्पुर्ण कर्मचारी तथा व्यक्तिहरुका बारेमा आएका गुनासाहरुलाई निर्देशिका अनुसार व्यवस्थापन गर्ने र सेवा अझै प्रभावकारी बनाउने लक्ष राखिएको छ । अहिले जिल्ला अस्पताल बैतडीले एकद्वार संकट व्यवस्थापन केन्द्र मार्फत लैंङ्गिक हिंसा प्रभावितहरुलाइ कानूनी, उपचारात्मक, पशामर्श तथा अन्य सेवाहरु दिईरहेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर शुसील विकले बताउनुभयो ।

सरोकारवालासंगको छलफलपछि ड्राप्टलाई फाइनल गरि समितिमा पठाइने ओसीएमसी संयोजक डाक्टर सीजन खड्काले बताउनुभयो । लैंङ्गिक हिंसा प्रभावितलाई छिटो, सजिलो र प्रभावकारी सेवा दिन निर्देशिकाले अझै सहयोग गर्ने ओसीएमसीका मनोसामाजिक परामर्शकर्ता तारा भट्टले बताउनुभयो ।

गुनासो सुनुवाई र व्यवस्थापन प्रभावकारी बनाई पीडितलाई साँचिक्कै न्याय दिन ओसीएमसी क्रियाशील रहेको र निर्देशीकाले पनि यसलाई थप बल पुग्ने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो ।

प्रतिक्रिया छाेड्नुहाेस्