बैतडी : सांस्कृतिक संग्रहालय नेपाल र नेपाल ओलम्पिक म्यूजियमको आयोजनामा काठमाडौंमा नेपालका विशिष्ट महिलाहरुको फोटो प्रर्दशनी कार्यक्रम शुरु भएको छ ।
सो प्रदर्शनीमा अमेरिककाको जिएआरसी अवार्ड र अन्तर्राष्ट्रिय दर्नाल अवार्ड बाट सम्मानीत बैतडीकी अधिकारकर्मी सरस्वती नेपालीको फोटो पनि प्रदर्शनीको लागि समावेस गरिएको छ ।
बाल्यकालदेखि नै दलित अधिकार, आफ्नो अधिकारबाट वञ्चीतभएका सबै वर्ग समुदायको हकहित र महिलाको क्षेत्रमा क्रियाशील रहेकी सरस्वती नेपालीको तस्बिर फोटो प्रदर्शनीमा राखिएको हो । यो सम्मानले आफूलाई समाज र राष्ट्रप्रति थप जिम्मेवारी बोध भएको नेपालीले बताइन् ।
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको ग्यालरी हलमा सञ्चालन भइरहेको सो प्रदर्शनीमा नेपाली समाजमा विशिष्ट योगदान दिएका लगभग ३ सय महिलाहरुको ऐतिहासिक र दुर्लभ फोटाहरु प्रदर्शनी गरिएका छन् ।
प्रदशनीमा नेपाली भाषा, साहित्य, इतिहास, खेलकूद, कला, सांस्कृति विज्ञान, व्यवस्थापन लगायत विविध विधामा विशिष्ट योगदान पु¥याएका महिलाहरुका ऐतिहासिक र रोमाञ्चकारी फोटोहरु राखिएका छन् ।











