अछाममा बाटोबाट चिप्लीएकी बालिकाको खोलाले बगाउँदा मृत्यु

अछाम– अछाममा बाटोबाट चिप्लिएकि एक बालिकालको खोलाले बगाएर मृत्यु भएको छ ।

अछामको मेल्लेख गाउँपालिका–४ सेलगाँउ बस्ने खडक साउँदको ७ वर्षकी छोरी कृति साउँदको मृत्यु भएको हो।

कृति साँफेबगर नगरपालिका–१३ मैडाली मामा घरबाट उपचार गर्न उनको मामासँग बुढाबगर गएकी थिइन्।

उपचारपछि फर्कनेबेला ईगडी खोलाको साघुरो बाटोबाट चिप्लिएकि थिइन् ।

चिप्लेर सोही खोलामा परेकी उनी बगेर वेपत्ता भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय घुघुरकोट र सशस्त्र प्रहरी विपद मनसुन प्रतिकारी वेश टाँसीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले खोजतलास गरेको थियो ।

खोजतलास गर्दा बालिकालाई बगेको स्थानबाट अन्दाजी ३ कि.मी. दक्षिण तर्फ मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

प्रतिक्रिया छाेड्नुहाेस्