धनगढीमा मच्छरका लागि बालेको आगोले गोठ जल्यो

धनगढी– धनगढीमा मच्छर धपाउन बालेको आगोबाट गोठमा आगलागी भएको छ।

धनगढी उपमहानगरपालिका–१४ फुलबारी बस्ने सर्वानन्द चौलागाईको काठ र टिनले बनेको कच्ची गाई गोठमा मच्छर धपाउन बालेको आगोबाट आगलागी भएको हो।

आगलागीबाट १ लाख पचास हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

मानविय तथा चौपाय क्षेती नभएको, स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बहुलियाले जनाएको छ।

प्रतिक्रिया छाेड्नुहाेस्