उज्यालो दशरथचन्दको ‘स्वीच अन’

बैतडी । ०८२ भदाै ८ गते– दशरथचन्द नगरपालिकाले आजबाट उज्यालो दरशथचन्द नगरपालिका अभियानको स्वीच अन गरेको छ । नगरपालिका भित्रका मुख्य बजार, सार्वजनिक स्थान तथा मन्दिरहरुमा बत्ती बाल्ने अभियानको सुभारम्भ गरिएको हो । नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रको प्राविधिक सहयोगमा आज दशरथचन्द नगरपालिकाले गोठलापानी, गढी र शाहीलेक बजारमा ७२ वटा बल्भहरु जडान गरि नियमित बत्ती बाल्ने अभियान सुरु गरेको हो ।

विस्तारै देहिमाण्डौँ, मुस्याचौर, जुलाघाट लगायतका बजार र सार्वजनिक स्थानहरुमा बत्ती बाल्ने योजना रहेको नगरप्रमुख पुस्करराज जोशी (लख्खाभाइ) ले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दशरथचन्द नगरपालिकाको नीति र कार्यक्रम अनुसार अभियान सुरु गरिएको र उक्त अभियानले नगरपालिका भित्रका सबै सार्वजनिक स्थानहरुलाई समेट्ने छ ।’

विद्युत लाइन रहेको ठाउँमा राष्ट्रय प्रशारण लाईन र नपुगेका सार्वजनिक स्थानहरुमा सौर्य बत्ती जडान गरिने उहाँले बताउनुभयो । बत्तीले बजार तथा सार्वजनिक स्थानहरुको सुन्दरता एवं सुरक्षामा पनि सहयोग पुग्ने विश्वास गरिएको छ ।

आज नगरप्रमुख जोशीले विद्युत प्राधिकरणमा राखिएको स्वीच अन गरि कार्यक्रमको सुभारम्भ गरेका थिए । उक्त स्वीचले गोठलापानी बजारमा रहेका बत्ती बल्नेछन् भने गढी र शाहीलेकका लागि अलग–अलग स्वीचहरु राखिएका छन् ।

प्रतिक्रिया छाेड्नुहाेस्