भूमी समस्या समाधान आयोग बैतडीले तोक्यो सदस्यलाई जिम्मेवारी

बैतडी : भूमी समस्या समाधान आयोग जिल्ला समिति बैतडीले सदस्यलाई जिम्मेवारी बाँडफाँड गरेको छ । जिल्लाका सबै स्थानीयतहमा आयोगको कार्यविधी बमोजिम अगाढी बढाउन सदस्यहरुलाई जिम्मेवार तोकेको आयोगका जिल्ला अध्यक्ष रमेश दत्त पाण्डेयले बताउनु भयो ।

सोमबार बसेको समितिको बैठकले अगामी माघ सम्म केके काम गरिसक्ने भनी जिम्मेवारी तोकेको नापी कार्यालय बैतडीका प्रमुख एवम समितिका सदस्य सचिव रण बहादुर रावलले बताउनु भयो ।

समितिले सदस्यहरुलाई भदो मसान्त सम्म लगत संकलन गरी सक्ने, असोजमा प्रमाणीकरणको काम सक्ने, कार्तिकमा जग्गा छनौट तथा नापजाँच गरी सक्ने, मंसिरमा फिल्डबुक एवम श्रेस्ताको तयारी सक्ने र माघमा पुर्जा तयारी एवं हस्तान्तरण सम्पन्न गर्ने जनाएको छ ।

पुर्चौडी नगरापलिका र सिगास गाउँपालिका जग्दीस नायक, दोगडाकेदार गापा र डिलासैनी गापा जानकी अवस्थी, पाटन नपा र सुर्नया गापा सरस्वती जोशीको जिम्मा लगाईको छ । बाकी पालीका अध्यक्ष पाण्डेयको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्