बाजुरामा माछा मार्दा खोलाले बगाएर एक युवाको मृत्यु

बाजुरा– बाजुराको बुढीगङ्गा नदीमा एक जना मृत फेला परेका छन्।

मृत फेला पर्नेमा जिल्लाको बडिमालिका नगरपालिका–२ का अन्दाजी २२ वर्षीय हिमाल महत रहेका छन्।

गत सोमवार बिहान बुढीगङ्गा खोलामा माछा मार्न गएका उनको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

सोमवार दिउँसो १२ बजेतिर महत माछा मार्न गएका थिए। बेलुका साँझसम्म घर नफर्किपछि उनको आफन्तले खोजी गरेका थिए।

खोजी गर्दा उनी बडिमालिका–६ को नुनेपानीस्थित बुढीगङ्गा नदीको किनारामा मंगलवार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी देवबहादुर चौधरीले बताए।

प्रतिक्रिया छाेड्नुहाेस्