को हुन सरकारी र नीजी सम्पतीमा आगो निभाउने राष्ट्रसेवक कर्मचारी अनिल

बैतडी: जेन जी आन्दोलनका क्रममा भदौ २४ गते बिहानै देखी कञ्चन्पुरको को हुन सरकारी र नीजी सम्पतीमा आगो निभाउने राष्ट्रसेवक कर्मचारी अनिल प्रदर्शन गरिएको थियो । प्रदर्शनको क्रममा विभिन्न सरकारी र नेताहरुका नीजी घरमा तोडफोड र आगजनी भएको थियो ।

प्रदर्शनकारीले नीजी र सार्वजनिक सम्पत्तीमा गरेको आगजनीमा एक जना राष्ट्रसेवक कर्मचारीले सकेजतीको आगो निभाउँदै गए । जस्ले गर्दा धेरैको नीजी सम्पती र सरकारी कार्यालय आगोलाग्नबाट बचे । यतीमात्रै नभएर उनले सुरक्षामा खटिएका सुरक्षकर्मीलाई पनि सकेजतीको नास्ता र पानी खुआए ।

यिनै राष्ट्रसेवक कर्मचारी हुन लोकसेवा आयोग कार्यालय महेन्द्रनगरका कर्मचारी अनील चन्द ।
अहिले चन्दले आगो निभएका र सुरक्षाकर्मीलाई सहयोग गरेका फोटा र भिडीयो समाजिक संजालमा पोष्ट भएका छन् ।

पोष्ट गरिएका फोटा र भिडीयोमा चन्दले आन्दोलनका क्रममा सरकारी कार्यालयलाई आगजनीबाट जोगाउने, आगजनी गरिएका कार्यालय र व्यक्तिगत सम्पत्तिमा आगो निभाउने तथा डुयटीमा खटिएका सुरक्षाकर्मीलाई नास्ता र पानी खुवाए । आन्दोलनकारीसंगै सबै ठाउँमा पुगे । धेरै स्थानमा आन्दोलनकारीलाई सम्झाए । चन्दले सम्झाएपछि धेरै सरकारी कार्यालय क्षति हुनबाट जोगिएका छन् ।

सरकारी सम्पत्ति जनताको करबाट निर्माण भएकाले क्षति नगर्न आफूले आन्दोलनकारीलाई आग्रह गरेको चन्दले बताउनु भयो । ‘सरकारी सम्पत्ति हामी सबैको हो, भोलि सरकार जसको भए पनि त्यहीं सम्पत्ति चाहिन्छ, ती सम्पत्ति जोगाउन मैले आन्दोलनकारी भाई बहिनीसित हात जोडेर आग्रह गरे’ उनी भन्छन्,‘वहाँहरुले मेरो त्यो आग्रहलाई सुनि दियो, धेरै ठाउँमा क्षति हुनबाट जोगियो ।’

बैतडीको मेलौली नगरपालिका ४ तितावै पुख्र्यौली घर भएका चन्द हाल भीमदत्त नगरपालिका १८ मा बस्दै आएका छन् । उनी सानैदेखी केही गर्नुपर्छ भन्ने स्वभावका व्यक्ति हुन् । उनको परिवारीक अवस्था सामान्य भएकाले सानै देखी उनले विभिन्न संघर्ष गर्दै राष्ट्रसेवक कर्मचारी बन्न सफल भएका हुन् । उनकै संघर्षले गर्दा अहिले दुइटै श्रीमान श्रीमती राष्ट्रसेवक कर्मचारी छन् ।

चन्द परीर्वतन चाहने र विभिन्न परिर्वतनका आन्दोलनमा सरिक भएका व्यक्ती हुन । तर उनी तोडफोड र आगजानी गरेर परिर्वतन हुन्छ भन्ने भन्दा पनि विभिन्न संघर्ष र विचारबाट परिवर्तन हुन्छ भन्ने व्यक्ति भएका उनी संगै पढ्ने उनका नजिकका साथी मोहन चन्दले बताउनु भयो ।

संगै शिद्धनाथ बहुमुखी क्याम्पसमा पढ्दा सुदूरपश्चिमाञ्चल विश्व विद्यालयको केन्द्र महेन्द्रनगर हुनु पर्ने माग सहित आन्दोलन गरेको स्मरण गर्दै उनले भने, अनील जी हरेक परिर्वतनको लागि हरेक व्यक्ती र संघसंगठन संग समुन्वय गर्ने क्षमता भएका व्यक्ति हुन । त्यसैले हामी उनलाई हरेक ठाउँमा अगाढी लगाएर समुन्वय र सहकार्य गर्न पठाउथ्यौँ ।

लोक सेवा आयोगका कर्मचारी चन्दले आगजानी गरिएका महेनद्रनगरका सरकारी र नीजी स्थानमा समेत पुगेर पानी हालेर आगो नियन्त्रण प्रयास गरेका थिए । राष्ट्रसेवक कर्मचारी चन्दले भने ‘मलाइ जेन जीका मागहरु एकदमै जायज लागे । राम्रा थिए, सरकारले सम्वोधन गर्नुपर्ने थियो तर भएन त्यसको फलस्वरुप जेनजीका साथीहरुले यत्रो संघर्ष गर्नु पर्यो । तर हरेक परिवर्तन आगजनी र तोडफोडबाट मात्रै हुदैन भन्ने हो ।’

प्रतिक्रिया छाेड्नुहाेस्