स्ववियुले बुझायो प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र

बैतडी- जगन्नाथ बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले बैतडीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानी नजिक माहाकाली राजमार्गमा आएको पहिरोले यातायात असहजता र दुर्घटनाको जोखिम बढेको भन्दै उनिहरुले ज्ञापनपत्र मार्फत प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका हुन् ।

सामान्य पहिरोका बारेमा सडक भिडिजन कार्यालयलाई पटक–पटक आग्रह गर्दा समेत चासो नदेखाएपछि आफुहरु आधिकारिक रुपमा ध्यानाकर्षण गराउन बाध्य भएको स्ववियु सभापती रोशन भट्टले बताउनुभयो । माहाकाली राजमार्ग अहिले सडक डिभिजन कार्यालय पाटन बैतडीले हेर्दै आएको छ । तर पहिरो गएको एक महिना बढी समयसम्म पनि डिभिजनले त्यसमा चासो देखाएको छैन् ।

सडक डिभिजन कार्यालयलाई भनेर त्यसको प्राविधिक जाँच सहित समस्या समाधान गर्न पहल गर्ने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो । स्ववियुले दशरथचन्द नगरपालिकाको समेत ध्यानाकर्षण गराएका छन् । नगरप्रमुख पुस्करराज जोशीले सडक भिडिजनले हेर्ने भएपनि पहिरो पञ्छाउने काम नगरपालिकालेनै गर्नसक्ने तर सडकमा आएको पहिरो पञ्छाउदा माथीबाट थप पहिरो आउन सक्ने जोखिम रहेको प्राविधिकहरुले बताएकाले आफुहरुले उक्त काम गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो डोजरले त्यो सडकमा आएको ढुंगा फाल्न समस्या होइन, आजै पनि त्याे गर्न सकिन्छ तर माथीबाट थप पहिरो आउने खोजिम छ त्यो रिक्स सम्बन्धित निकायले लिनुप¥यो ।’

पहिरोले जगन्नाथ क्याम्पसको गेट नजिक सवारीसाधन क्रस गर्न अप्ठेरो भइरहेको स्थानीयको गुनासो छ ।

1 Comments Text
  • digital banking says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    I really like it when people get together and share ideas. Great website, stick with it!
  • प्रतिक्रिया छाेड्नुहाेस्