बैतडी – पूर्व सहायक मन्त्री एवं बैतडीको पाटन नगरपालिकाका निवर्तमान नगर प्रमुख केशवबहादुर चन्दले प्रदेश संरचना खारेज गरि स्थानीयतहलाई बलियो बनाउनु पर्ने बताएका छन् ।
बैतडीको पाटनमा मन्त्री चन्दले आयोजना गरिएको शुभकामना आदान–प्रदान तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले स्थानीय सरकारलाई अझै बलियो बनाइ प्रदेश संरचना खारेज गर्नुपर्ने बताए । प्रदेसले देसलाई अनावस्यक आर्थिक भारमा पारेकाले यस्को खारेजी गर्नुपर्ने उनको माग छ ।
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन नागरिक आक्रोशको उपज भएको भन्दै उनले जनअपेक्षा अनुसार विगतका सरकारहरुले काम गर्न नसकेको बताए । उनले भने, ‘विगतका सरकारहरुकै कमजोरीका कारण अहिलेको समस्या सिर्जना भएको हो । यसमा दलका शीर्ष नेताहरुले ध्यान दिनु पर्ने र आफ्ना कमी कम्जोरीलाई सच्याउनु पर्छ ।’
वर्तमान संकटको समाधानका लागि राजालाई समेत समेटेर निकास दिनुपर्नेमा उनले जोड दिए । अहिलेको सन्दर्भमा विपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिको कार्यान्वयन आवश्यक रहेको बताउँदै उनले कांग्रेसका नेताहरुले यो बिषयमा ध्यान दिएर अघि बढ्नुपर्नेमा जोड दिए ।
आगामी फागुन २१ गते तोकिएको चुनावका लागि राजनैतिक दलहरु तयार भएमात्रै सम्भव हुने उनले बताए । लामो समयदेखि नेपाली कांग्रेसमा आवद्ध नेता चन्द २०७९ सालको निर्वाचनमा कांग्रेसले गरेको गठबन्धन विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए । पछि उनले नेपाली कांग्रेसमा फर्केको घोषणा समेत गरेका थिए ।
आफू विगत ४० बर्षदेखि राजनीतिमा सक्रिय रहेको बताउँदै चन्दले प्रजातान्त्रिक पद्दतिले मात्रै देशको विकास हुने बताए । कांग्रेसले साधारण सदस्य समेत नरहने गरि कार्बाहि गरिएको भन्ने पत्रकारहरुको प्रश्नमा मन्त्री चन्दले भने, आफु प्रजात्रान्त्रीकनै भएकाले समाजसेवाको लागि आफू अझै पनि सक्रिय रहने बताए । राजनीतीक दलको कार्यक्रता भएपछि पार्टीका गलत निर्णय पनि मानेर हिडनु पर्ने अवस्यकता छैन् र पार्टीलाई मेरो आवस्यकता परे कार्बाहि फुकुवा गर्लान नत्र समाजसेवा जसरी पनि गरिने उनको तर्क रहेको छ ।












