मतदाता नामावली दर्ता गर्न एक दिनका लागि निशुल्क बस सेवा

बैतडी– बैतडीको सुर्नया गाउँपालिकामा मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका योग्य व्यक्तिहरुका लागि सदरमुकाम पुगेर मतदाता नामावलीमा नाम दर्ता गराउन एक दिनका लागि निशुल्क बस सेवा सञ्चालन हुने भएको छ ।

सुर्नया गाउँपालिका– २ ग्वानी घर भई हाल भारतको हैदरावादमा रोजगारी गरिरहेका बिनोद बहादुर बिष्टको आर्थिक सहयोगमा कार्तिक १७ गते सोमबारका दिन सुर्नया गाउँपालिका वडा नं ६ को रीगादेखि सदरमुकामसम्म निशुल्क बस सेवा सञ्चालन गरिने जेनजी अगुवा विशाल भट्टले बताउनुभयो।

मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेका सुर्नयाका नागरिकहरुका लागि यो सेवा सञ्चालन गर्न लागेको बिष्टले बताउनुभयो । मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि स्वयं व्यक्ति जिल्ला निर्वाचन कार्यालयमा पुग्नुपर्ने भएकाले उनीहरुको सहजताका लागि बस सेवा निशुल्क उपलब्ध गराउने तयारी भएको बिष्टले बताउनुभयो।

कार्तिक १७ गते बिहान ८ बजेदेखि एक दिनका लागि निशुल्क बस सेवा सञ्चालन गरिने बताइएको छ । मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेका नागरिकहरुको सहजीकरणका लागि प्रत्येक वडामा सम्पर्क व्यक्ति तोकिएको जनजी अगुवा भट्टले बताउनुभयो ।

आगामी निर्वाचनमा नागरिकको सहभागिता बढाउन आफूले यो अभियान सञ्चालन गरेको सययोगी बिष्टको भनाई छ । कार्तिक १० गते परेको आफ्नो जन्मदिनको अवसरमा उक्र कार्य गर्ने निर्णय गरेको बिष्टले बताउनुभयो।

प्रवासमा रोजगारी गरिरहेका बिष्ट लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील रहेका छन् उनले गत वर्ष पनि जन्मदिनमा सुर्नया गाउँपालिकाको केन्द्र, सबै वडा, सामुदायिक विद्यालय, प्रहरी चौकी र केही स्वास्थ्य संस्थाहरुमा भित्ते घडी वितरण गरेका थिए ।

कार्तिक १७ गते सञ्चालन हुने बस सेवाका लागि निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्