बैतडी –बैतडीमा निर्वाचन आयोगले दिएको मंसिर ५ सम्मको अन्तिम समय सिमा आठ सय बढीले मतदाता नमावलीमा नाम दर्ता गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि बैतडीमा ८०४ जनाले मतदाता नमावलीमा नाम दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय बैतडी निमित्त प्रमुख पुरुषोत्तम जोशीले बताए ।
अन्तिम समय सिमा सम्म ५२९ पूरुष र २७५ महिलाले मतदाता नमावलीमा नाम दर्ता गरेको उनले बताए । जिल्ला निर्वाचन कार्यालय बैतडीको तथ्याङ्क अनुसार असोज ८ गते सम्म बैतडीमा १८ बर्ष उमेर पूरा भएका १ लाख ५४ हजार २१६ जना मतदाता रहेका छन् । जसमध्ये महिला ७६ हजार ८३४, पुरुष ७७ हजार ३८०जना र अन्य दुई जना रहेका छन् ।
गएको प्रतिनिधि सभा निर्वाचन २०७९ मा जिल्लामा एक लाख ५० हजार १५६ मतदाता रहेका थिए । एक मात्रै सङ्घीय निर्वाचन क्षेत्र रहेको बैतडीमा दुई वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र, १० वटा स्थानीय तह र ८४ वटा वडा रहेका छन् । ८० प्रतिशत नया“ थपिएका मतदाता जेन–जी उमेर समुहका रहेका जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।








