एकल र जेष्ठ नागरिकलाई कम्बल वितरण

बैतडी – बैतडीको पाटन नगरपालिका–९ वडाले वडाका जेष्ठ र एकल महिलालाई कम्बल वितरण गरेको छ । चालु आर्थिक बर्षको स्वीकृत बजेट अनुसार वडा भित्र स्थायी बसोबास गर्ने ६० बर्ष माथीका जेष्ठ नागरिक र एकल महिलालाई न्यानो लुगा (कम्बल) वितरण गरिएको हो ।

चालु आर्थिक बर्षको ३ लाख ५० हजार बजेटमा वडाका १३७ जना जेष्ठ नागरिक र ५७ एकल महिलालाई कम्बल वितरण गरिएको वडा अध्यक्ष कालुसिंह भाटले बताउनु भयो । आर्थिक अवस्था कम्जोरका कारण धेरैजसोले न्यानो लुगा किन्न नस्कने भएकाले पनि बार्षिक बजेटमै कम्बल वितरणको लागि बजेट विनियोजित गरिएको जिल्ला समुन्वय समिति बैतडी सदस्य प्रेम भाटले बताउनु भयो ।

चिसो मौसममा आफुहरुको मर्म बुझेर वडाले कम्बल दिंदा आफुलाई खुसी लागेको वडाका जेष्ठ नागरिक आनसिह भाटले बताए । आज वडा अध्यक्ष कालु सिह भाटको अध्यक्षतामा र नगरपालिकाका प्रमुख गौरी रावल सहितको एक कार्यक्रमका विच जेष्ठ नागरिक र एकल महिलालाई कम्बल वितरण गरेको सदस्य भाटले बताउनु भयो ।

प्रतिक्रिया छाेड्नुहाेस्