मजदुरी गर्न पिथौरागढ गइरहेका बैतडीका एक युवक मृत फेला, हत्याको आशकां

बैतडी– परिवारको जोहो गर्न्र भन्दै मजदुरी गर्न घरबाट भारको पिथौरागढ गइरहेका बैतडीका एक जना बाटोमै मृत भेटिएका छन् ।

जिल्लाको पञ्चेश्वर गाउंपालिका वडा नम्बर १ सन्तोलाका २३ वर्षीय तेज बहादुर चन्द मृत फेला परेका हुन् ।

उनीसहित ३।४ जना घर खर्च चलाउनका लागि रोजगारी गर्न भनेर भारतको पिथौडागढस्थित ओड्डा जाने भन्दै घर बाट हिंडेका थिए ।

तर उनी भारत नपुग्दै वडा नम्बर ४ चौँडलीमा मृत फेला परेको बताइएको छ ।

उनी आज विहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

उनी संगै रहेका सन्तोलाकै २ जनालाई प्रहरीले सोधपुछ गरिरहेको बताइएको छ ।

प्रत्यक्षदर्शिका अनुसार मृतक चन्दलाई चोटपटक समेत लागेको छ ।

कुटपिट गरेर हत्या गरेको आशंका परिवारको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्