बाल विवाह मुद्दामा फरार बाजुराका एक जना पक्राउ

बाजुरा– वाल बिवाह सम्बन्धी मुद्दामा फरार बाजुराका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत बाजुराको मिति २०८२ असार २६ गतेको फैसलाले वाल विवाह सम्बन्धी मुद्दामा ७ दिन कैद सजाय र १०हजार जरिवाना तोकिएको बडिमालिका

नगरपालिका–६ कोर्ध बस्ने ३४ वर्षीय हर्कबहादुर बडुवाल पक्राउ परेका हुन्।

बडुवाललाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले बिहीवार बडिमालिका नगरपालिका–९ मार्तडी बजारमा पक्राउ गरेको जनाएको छ।

प्रतिक्रिया छाेड्नुहाेस्