सुर्कालमा पहिलो पटक रामलीला ज्ञान महोत्सवको तयारी

२१ माघ- बैतडीको दशरथचन्द नगरपालिका– ७ सुर्कालस्थित कैलपालेश्वर विद्यालयमा पहिलो पटक असिमि–केदार रामलीला ज्ञान महत्सव लाग्ने भएको छ । पछिल्लो पुस्तालाई असल आचरण, नैतिक शिक्षा, आध्यात्मिक चेतना र सामाजिक एकताका लागि रामलिला ज्ञान महोत्सवको तयारी तिब्र पारिएको असिमि–केदार रामलीला ज्ञान महोत्सव मुल आयोजक समितिका संयोजक भुव शर्माले बताउनुभयो ।

उहाँका अनुसार महोत्सव आगामी चैत्र १३ गतेबाट संचालनको तयारी भइरहेको छ । रामलीला ज्ञान महोत्सवका लागि अहिले स्थानीय तथा देश विदेशमा रहेका श्रद्धालुहरुबाट आर्थिक सहयोग संकलनको काम भइरहेको उहाँले बताउनुभयो ।

जसका लागि भारत तथा अन्य देशहरुमा पनि युवाहरुले स्वस्फुर्त रुपमा आर्थिक सहायोग संकलन गरिरहेका छन् । प्राकृतिक सुन्दरताले भरिपूर्ण सुर्काल क्षेत्रमा थुप्रै धार्मिक एवं एतिकासिक सम्पदाहरु भएपनि उनिहरुको उचित प्रचारप्रसार नहुँदा ओझेलमा परेका छन् । रामलिला महोत्सवले यस्ता क्षेत्रहरुको समेत प्रचारप्रसार हुने आकलन गरिएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्