भालुको आक्रमणबाट एक महिला घाइते 

४ माघ, बैतडी– बैतडीकाे मेलाैली नगरपालिका- ४ तितावै तालकी ३५ बर्षीया सुनिता चन्द भालुको आक्रमणबाट घाइते भएकी छन् । 

सुनितालाई सोमबार बिहान- ८ बजेतिर भालुले आक्रमण गरेको हो । खानेपानीको पाइपमा पानी नआएपछि मूहानमा पानी हेर्न जाँदा चन्दलाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले बताउनुभयाे । उनलाई खानेपानी मूहान भएको ठाउँ चम्साल नपुग्दै भालुले आक्रमण गरेको बुझिएकाे छ । 

भालुको आक्रमणबाट घाइते भएकी चन्दलाई उपचारका लागि धनगढी लगिएको प्रहरी निरीक्षक सिंहले बताउनुभयाे। 

प्रतिक्रिया छाेड्नुहाेस्