बैतडीको शिवनाथमा बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु

९ फागुन, बैतडी- बैतडीको शिवनाथ गाउँपालिका– ३ बछलामा बोलेरो जीप दुर्घटना हुँदा जीप चालक २६ वर्षीय केशबसिंह धामीको मृत्यु भएको छ । शुक्रबार राती ११ बजे शिवनाथको बछलाबाट बचरभ्यू जाँदै गरेको सुपप्र ०४/००१ ज ००६९ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा गम्भीर घाइते शिवनाथ गाउँपालिका-२ शर्माली घर भएका धामीलाई उपचारको लागि डडेल्धुरा लग्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी निरिक्षक सुरज सिंहले बताउनुभयो ।

जीपमा चालकमात्रै सवार रहेको सिंहले बताउनुभयो । जीप सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । मृतक धामीको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा राखिएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्