बैतडीमा एउटा प्रधानाध्यापकमाथि विभत्स व्यवहार

वैशाख २५ गते । बैतडीको शिवनाथ गाउँपालिका– ४ स्थित पिपलकोट माद्यमिक विद्यालयको प्रधानाध्यापकमाथि जुत्ताको माला र कालोमोसो दलेर विभत्स व्यवहार गरिएको छ । स्थानीय एक महिलामाथि दुर्ववहार गरेको आरोपमा प्रद्यानाध्यापक दामोदर ओझामाथि यस्तो व्यवहार गरिएको हो । बिहीबार दिउँसो विद्यालयमा पुगेका महिलाका आफन्तहरुले प्रअ ओझामाथि कालोमोसो दल्दै जुताको माला लगाएका हुन् ।

विद्यालयले शिक्षक नियुक्तीको लागि आवेदन माग गरेको थियो । शिक्षक नियुक्तीको लागि आवेदन दिएकाहरुमध्येकी एक महिलाले आफुलाई दुव्र्यवहारगरेको आफन्तलाई बताएपछि बिहीबार प्रअमाथि कालोमोसो दल्दै जुताको माला लगाएका हुन् । यस विषयमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसँग बुझ्दा महिलामाथि नभई प्रअ माथि दुव्र्यवहार भएको बताइएको छ ।

महिलामाथि भएको भनिएको घटनाको विषयमा महिलाका आफन्तहरुले प्रअ ओझामाथि कालो मोसो दलेको र जुताको माला लगाएको विव्यस अध्यक्ष भरत साउँदले बताउनुभयो । “शिक्षकको आवेदन परेपछि ती महिला र प्रअसँग आर्थिक बार्गेनीङको विषय सुनेको थिए, मैले कसैसँग केही आर्थिक लेनदेन नगरी निक्ष्पक्ष परीक्षा गराउनुपर्छ भनेको हु, महिलाका आफन्तले पनि तीनलाई नियुक्ती गराउनुपर्ने दवाव दिएका थिए, मैले निक्ष्पक्ष परीक्षा हुने जानकारी गराएको थिए, ती महिला परीक्षामा पहिलो पेपरमै फेल भइन् त्यसपछि महिलाका आफन्त आक्रोसित हुदै यतिसम्मको घटना भएको हो,” विव्यस अध्यक्ष साउँदले भने ।

यही वैशाख १२ गतेको दिन महिलामाथि हातपात भएको बताइएको छ । त्यसपछि बिहिबार अभिभावकहरु र विव्यसले शिक्षक ओझालाई राजिनामा दिन आग्रह गरेका थिए । ओझाले बिहीबार नै राजिनामा पनि दिएका थिए । महिला पक्षका आफन्तले महिलाका आफन्तसँग यस विषयमा बुझ्दा महिलामाथि हातपात गर्न खोजेको बताएका छन् । “केहिदिन पहिले महिलामाथि हातपा गर्न खोजेका थिए, त्यसपछि आज महिलाहरु आक्रोसित बनेका हुन्,” एक आफन्तले भने । यस विषयमा प्रहरीसँग बुझ्दा कुनै जानकारी प्राप्त नभएको जनाएको छ ।

शिक्षकलाई कालोमोसो र जुत्ताको माला लगाएर घुमाएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । जसले सो घटनामा अनुसन्धान गरि दोषिमाथी कारबाहीको माग समेत उठिरहेको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्