बैतडी : सामुदायिक विकास केन्द्र डोटीले बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी भन्ने मुल नाराका साथ बालबालिका सवाल तथा साझेदारी क्षेत्र पहिचान तथा बजेट विनियोजन विषयक अन्तरक्रिया बैतडीमा सम्पन्न गरेको छ ।
स्वडेन इस्भे्रज, सेभद चिल्डर्न र नेपाल सरकार संगको साझेदारीमा सामुदायिक विकास केन्द्र डोटीले बैतडीमा पनि विगत डेढ बर्ष देखि सुर्नया, डिलासैनी, दोगडाकेदार गाउपालिका र पुर्चौडी नगरपालिकामा गुणस्तरिय शिकाइका लागि स्थानीय शिक्षा योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धी कार्यक्रममा काम गर्दै आइरहेको छ ।
अहिले स्थानीयतहले नितीकार्यक्रम र बजेट बनाउने समय भएकाले यस निती कार्यक्रम तथा बजेटमा बालबालिकाको हकहित संक्षण सम्बद्धन का लागि आवस्यक बजेट बिनियोजन र निती नियम बनाउन भन्ने उद्देशले अन्तरक्रिया कार्यक्रम गरिएको हो । सामुदायिक विकास केन्द्र डोटीका कार्यकारी निर्देशक हेमराज जोशीले समग्र सुदूरपश्चिम र बैतडी जिल्लाको बालबालिकाको अवस्थाको बारेमा जानकारी दिनुका साथै अगामी दिनमा बालबालिकाको क्षेत्रमा के कसरी स्थानीयतह संग साझेदारी गरेर काम गर्न सकिन्छ भन्ने बारे प्रष्ट पारेका थिए ।

लगानीको दृष्टीकोणले बालबालिकाको निम्ति बार्षिक तथा अवाधिक बजेटको महत्वपूर्ण हिस्सा हुने भएकाले स्थानीयतहले पनि यसतर्फ ध्यान दिनु जरुरी रहेको उनले बताए । जिल्लाका दशवटै स्थानीयतहले बालबालिकाको क्षत्रमा कामगर्न ईच्छा जाहेर गरेर संस्था संग साझेदारी गर्न तयार भए सामुदायिक विकास केन्द्र सहयोगको लागि तयार रहेको समेत प्रतिवद्धता जाहेर गरे ।
बैतडीका केहि स्थानीयतह बाहेक अरुमा बालबालिकाको क्षेत्रमा बजेट देखि लिएर बाल समिति गठन गर्ने कार्य, स्थानीयतहको निति निर्माण र बजेट विनियोजनमा बालबालिकाहरु संग कुनै सुझाव सल्लाह समेत नलिने गरेको पाइएको छ ।
बालश्रम र बालविवाह मुक्त नगरपालिका घोषणाको लागि दसरथचन्द नगरपालिकाले विगतका बर्षदेखि आवस्यक गृहकार्य गरिरहेको भएपनि अहिले सम्म बालश्रम र बालविवाह मुक्त नगरपालिका घोषणा गर्न नसकेकाले यस्को लागि सस्थासंग आवस्यक साझेदारी गर्न तयार रहेको दसरथचन्द नगरपालिकाका सुचना अधिकारी एवम बालकल्याण अधिकारी विनोद चन्दले बताए ।
यस्तै लागु औषध नियन्त्रण र बालविवाह न्युनिकरणको लागि सस्था संग नगरपालिका सहकार्य गर्न तयार रहेको मेलौली नगरपालिकाका नगरप्रमुख भिम चन्दले बताए ।











