१४ असार, बैतडी- दाेगडाकेदार गाउँपालिकाकाे सहयाेगमा दलित समाज विकास मञ्च बैतडीले जिल्लाका अनाथ, असहाय तथा विपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री र विद्यालय पोषाक वितरण गरेको छ । अनाथ तथा असहाय बालबालिकाहरुको पढाइमा सहजता होस भन्ने उद्देश्यले उक्त सामग्री वितरण गरिएको हो ।
दशरथचन्द नगरपालिका– ४ शाहीलेकमा रहेको अनाथालयका विद्यार्थी बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा विद्यालय पोषाक वितरण गरिएको दलित समाज विकास मञ्चका सचिव बलभद्र दयालले बताउनुभयो ।
अनाथ छात्रबासका १९ जना विद्यार्थीहरुलाई झोला, छाता, क्याल्कुलेटर र विद्यालय पोषाक लगायतका सामग्री वितरण गरिएको दयालले बताउनुभयो । उनिहरु बैतडीको सदरमुकामस्थित बिरेन्द्र मावि शाहीलेकमा अध्ययनरथ छन् । जिल्लाका विभिन्न ठाउँबाट अभिभावक गुमाएका तथा विपन्न बालबालिकाहरु उक्त छात्रबासमा आउने गरेका छन् ।
बाल बिवाह नियन्त्रणका लागि छिटो मिलन कार्यक्रम अन्र्तगत दलित समाज विकास मञ्च बैतडीका जिल्लाको दशरथचन्द र मेलौली नगरपालिकामा किशोर(किशोरी समुह गठन गरि उनिहरुलाई क्षमता विकासका साथै अन्य सहयोग गर्दै आएको छ ।
बाल बिवाह नियन्त्रण, शैक्षिक सुधार, शसक्तीकरण लगायतका माध्यमबाट संस्थाले बालबालिको क्षेत्रमा काम गरिरहेको छ ।
विद्यार्थीहरुको आवश्यकताका आधारमा सामग्री वितरण गरिएको दलित समाज विकास मञ्चका कार्यक्रम संयोजक सुरेश सेरलाले बताउनुभयो । विगतदेखिनै आफुहरुलाई विभिन्न कार्यक्रम मार्फत सहयोग गर्दै आएको दलित समाज विकास मञ्चले उपलब्ध गराएका सामग्रीले आफुहरुलाई सहज भएको जिवन सिंह ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘संस्थाले दिएको झोला, विद्यालय पोषाक, छाता लगायतका अन्य शैक्षिक सामग्रीले आफुहरुको पठनपाठनमा सहजता पुग्ने छ ।’ शाहीलेकमा रहेको अनाथ छात्रबासमा पछिल्लो समय १९ जनता अनाथ, असहाय तथा विपन्न विद्यार्थीहरु अध्ययनरथ रहेको बिरेन्द्र माविका प्रधानाध्यापक हर्क बहादुर चन्दले बताउनुभयो ।
घरमा साहारा नभएर अनाथ छात्रवासमा बसेर अध्ययन गरिरहेका आफुहरुलाई मिल्ने यस्तो सहयोगले खुसि महसुस हुने गरेको सिगास गाउँपालिकाकी निर्मला चुनाराले बताउनुभयो । निर्मला हाल अनाथ छात्रबासमा बसेर बिरेन्द्र मावि शाहीलेकमा अध्ययन गरिरहेकी छिन् ।’ उहाँले भन्नुभयो, ‘दलित समाज विकास मञ्चले आफुहरुलाई दिएको सहयोगले ठुलो राहत मिल्ने छ ।’
असार १४ गते दलित समाज विकास मञ्चको कार्यालय गढी, बैतडीमा आयोजना गरिएको सामग्री वितरण कार्यक्रममा अधिकारकर्मि, विद्यार्थी, लगायत संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । यस अघि पनि दलित समाज विकास मञ्च बैतडीले जिल्लाका विभिन्न ठाउँ अस्पताल, विद्यालय र समुहहरुमा विभिन्न सामग्री वितरण गर्ने गरेको थियो ।’
अनाथ छात्रवासका विद्यार्थीहरूलाइ शैक्षिक समाग्री र विद्यालय पोषाक वितरण

लाेकप्रिय











