बैतडीमा सशस्त्र प्रहरीको सिलाइ कटाई तालिम सम्पन्न

बैतडी : बैतडीमा सशस्त्र प्रहरी बल नेपाल नं. ५१ गुल्म हेडक्वाटर बैतडीले सीमावासी संग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत १५ दिने सिलाई कटाई तालिम सम्पन्न गरेको छ ।

जिल्लाका सिमावर्ती स्थानीयतहबाट बैतडी सदरमुकाम पढन आएका विद्यार्थीलाई विद्यालय समय बाहेकको खाली समयमा तालिम दिई सिमा क्षत्रका बासिन्दालाई आत्मनिर्भर बन्नको लागि तालिम आयोजना गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपती जंगबहादुर कुवंरले जानकारी दिनु भयो ।

सिलाई कटाइ तालिमबाट आफुहरुले नाप लगाउन, कपडा काट्न, मेशिनबारे जानकारी, समान्य लुगा सिलाउन जस्ता आधारभुत कुराहरु सिकेको तालिमकी सहभागी डम्बरी नाथले बताइन । प्रशिक्षार्थीहरुलाई थप अभ्यास गर्न एक थान लुगा सिलाउने मेशिन विरेन्द्र माविको छात्रावासलाई प्रदान गरिएको छ ।

जिल्लाको शाहिलेकमा रहेको छात्रावासमा बस्दै आएका जिल्लाका सिमामा बसोबास गर्ने विपन्न र टुहुरा १० जना विद्यार्थीलाई विरेन्द्र माविको हलमा १५ दिने तालिम दिइएको थियो । सशस्त्र प्रहरीलाई यो तालिम संचालन गर्न एनआइएम्बी बैंक शाखा बैतडीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको कार्यक्रमबाट आर्थिक सहयोग गरेको हो ।

सिक्ने कुरा कहिले पनि अन्त नहुने हुनाले पढाइ संगै थप सिलाईको ज्ञान सिकेकाले योलाई पनि निरनरता दिंदा राम्रै हुने भएकाले छात्राबासमा खाली समयमा थप अभ्यास गर्न प्रमुख जिल्ला अधिकारी डा. डिजन भटराईले आग्रह गर्नु भयो ।

प्रतिक्रिया छाेड्नुहाेस्