चन्दको नयाँ देउडा गीत ‘ढल्की जान्छ जोवन’ बजारमा

बैतडी–बैतडीको शिवनाथ गाउँपालिका–५ मा जन्मिएका गायक हिरा चन्दको नयाँ देउडा गीत ‘ढल्की जान्छ जोवन’ बजारमा आएको छ । लामो अन्तरालपछि उनी नयाँ सांगीतिक कोशेली लिएर दर्शक–श्रोतामाझ फर्किएका छन् ।

गीतमा हिरा चन्द र कल्पना दुवाडीको स्वर रहेको छ भने शब्द तथा संगीत हिरा चन्दकै रहेको छ । नारायण दंगालले संगीत संयोजन, गोपाल दयालले रेकर्डिङ तथा मनोज परियारले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

गीतको भिडियोमा प्रकाश सोनी, अनिता खड्का र हिरा चन्दको अभिनय रहेको छ । भिडियोको निर्देशन मिलन श्रेष्ठले गरेका छन् भने छायांकन डेनिश खनालको रहेको छ । सम्पादन तथा रङ संयोजन रोशन धितालले गरेका हुन् ।

मौलिक देउडा संस्कृति, प्रेम र सुदूरपश्चिमको ग्रामीण जीवनशैलीलाई समेटिएको यो गीत सार्वजनिक भएसँगै दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको गायक चन्दले बताएका छन । चन्दको देउडा गितमा समाजको यथार्त चित्रण उतारिएको छ ।

गित सुन्न यो लिंक खोल्नु होला ।

प्रतिक्रिया छाेड्नुहाेस्