बाढीपहिरोका कारण बैतडीमा एक सय बढी घरपरिवार प्रभावित

बैतडी- निरन्तरको वर्षाका कारण आएको बाढीपहिरोले बैतडीमा १ सयभन्दा बढी घरपरिवार प्रभावित भएका छन् । जसमध्ये १५ घर पुर्ण रुपमा क्षतिग्रत भएका छन भने ३७ घर उच्च जोखिममा छन् । उच्च जोखिममा परेका परिवारलाई जिल्ला विपद व्यवस्थापन समितिले सुरक्षित ठाउँमा सारिरहेको जिल्ला विपद व्यवस्थापन समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारि मिना अर्यालले बताउनुभयो ।

जिल्लाको पुचौँडी नगरपालिका, सुनर्या र सिगास गाउँपालिका कही वस्तीहरु बाढी र पहिरोबाट प्रत्यक्ष प्रभावित बनेका छन भने अन्य स्थानीय तहहरुमा समेत विपदका घटना भइरहेको छन् । निरन्तर वर्षका कारण सेती नदीमा आएको बाढीका कारण तटीय क्षेत्रमा बसोबास गर्ने सिगास गाउँपालिका वडा नम्बर ५ र ६ का ७० घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ । चमेलिया नदीमा आएको बाढीका कारण डिलासैनी गाउँपालिका–१ का १५ घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।
डोजरले खनेर निर्माण गरिएको सडकमा पहिरो खस्दा पुर्चौडी नगरपालिका–५, कुवाकोटस्थित पार्की टोलमा पाँच घरमा क्षति पुगेको छ । ३५ घर जोखिममा परेको स्थानीय किरण पार्कीले बताउनुभयो ।

बाढीपहिरो र नदी कटानका कारण प्रभावित परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन स्थानीय तहसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो । यस्तै जिल्ला विपद व्यवस्थापन समितिले नेपाल भारत सिमानाका भएर बग्ने महाकाली नदी र दार्चुला बैतडीको सिमा भएर बग्ने चमेलिया नदी तटिय क्षेत्रमा आइपर्ने आपतकालीन जोखिम कम गर्न ह्वाट्सेभ ग्रुप निर्माण गरि सूचना आदान प्रदान गर्ने व्यवस्था मिलाएको छ ।

लगातारको वर्षाले यहाँका ग्रामिण सडकहरुमा यातायात सेवा समेत प्रभावित बनेको छ । मुख्य राजमार्गहरु तत्काल खोल्ने काम भइरहेपनि स्थानीय तहले खनेका अधिकासं कच्चि सडकहरुको यातायात सेवा प्रभावित बनेको हो ।

प्रतिक्रिया छाेड्नुहाेस्