बाढी पीडितका लागि त्रिपुरा सुन्दरी मन्दिको आर्थिक सहयोग

बैतडी: रसुवा बाढी पीडितको राहातका लागि बैतडीस्थित प्रशिद्ध त्रिपुरासुन्दरी मन्दिर र कैलपाल मन्दिर व्यवस्थापन समितिले संयुक्त रुपमा आर्थिक सहयोग गरेका छन् ।

विपदमा परेका व्यक्तिहरुको राहात र पुनस्र्थापनामा सहयोग पुगोस भन्ने उद्देश्यले मन्दिर व्यवस्थापन समितिको तर्फबाट बैङ्क मार्फत आर्थिक सहयोग गरिएको हो ।

प्रधानमन्त्री राहात कोषमा ७६ हजार पाँच सय पच्चीस रुपयाँ जम्मा गरिएको स्थानीय हिक्मत चन्दले बताउनुभयो ।

प्रतिक्रिया छाेड्नुहाेस्