सात बर्ष सम्म रकम फिर्ता नदिएपछि कार्कीको नाममा लेनदेनको मुद्दा दर्ता

बैतडी– रकम लिएको सात वर्ष सम्म फिर्ता नदिएपछि बैतडीको शिवनाथ गाउँपालिका – ६ बस्ने धर्म सुतारको छोरा दिपक कार्कीको नाममा जिल्ला अदालत बैतडीमा लेनदेनको मुद्दा दर्ता गरिएको छ ।

कार्कीले सामान पठाइदिने भन्दै अग्रिम रकम लिएर सामानसमेत नपठाएको र रकम पनि फिर्ता नगरेको भन्दै अदालतमा लेनदेनको मुद्दा दर्ता गरिएको हो ।

२०७६ साल असोज ८ मा जनकबहादुर साउदले कार्कीको बैंक खातामा ८७ हजार रुपैयाँ जम्मा गरेका थिए। साउदका अनुसार आफुले साथी मोहन चन्दलाई रुपैयाँ दिनु पर्नेमा चन्दले आफुलाई घरको लागि खानेपानीको पाइप चाहिहेकाले निज कार्कीले पाईप पठाईदिने भएकाले कार्कीको खातामा ८७ हजार पठाइदिनु भनेपछि कार्कीको खातामा रकम जम्मा गरेका हुन ।

कार्कीले चन्दलाई पाइप नपठाएपछि केहि दिनमा पैसानै फिर्ता गरिदिने भनेपनि अहिले सम्म रकम फिर्ता नगरेकाले कार्कीको नाममा जिल्ला अदालत बैतडीमा लेनदेनको मुद्दा दर्ता गरेको साउदले बताए ।

रकम फिर्ता गर्ने भन्दै उनले विभिन्न बहाना बनाउँदै पटक–पटक समय माग्दै आएका थिए । आज दिन्छु, भोलि दिन्छु भन्दै लामो समयसम्म टार्दै आएका छन् ।

कार्की हाल महेन्द्रनगर बस्ने र उतै ठेक्कापट्टा गर्ने गरेका छन् । अदालतले मुद्दा दर्ता गरी प्रतिवादीका नाममा म्याद जारी गरिसकेको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्