कञ्चनपुरमा कुटपिटबाट एक जनाको मृत्यु

धनगढी– कञ्चनपुरमा कुटपिट गरेर एक जनाको हत्या गरिएको छ । जिल्लाको बेलौरी नगरपालिका–१ का सुवास मगरको कुटपिटबाट मृत्यु भएको हो ।

उनीमाथि गत आइतवार कुटपिट भएको थियो । उपचारका लागि धनगढी ल्याइएका मगरको सोमवार निर्सग अस्पतालमा मृत्यु भएको हो ।

उनको हत्या गरेको अभियोगमा स्थानीय टेकबहादुर चन्द र कृष्ण चन्दका विरुद्धमा कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्