कञ्चनपुरमा कुहिएको अवस्थामा शव फेला

धनगढी– कञ्चनपुरमा कुहिएको अवस्थामा शव फेला परेको छ । महेन्द्रनगरको खुला मञ्चको पछाडी एक पुरुषको शव फेला परेको हो ।

प्रहरीका अनुसार खुला मञ्चको पर्खाल पछाडी भीमदत्त नगरपालिकाले सब्जीमन्डी व्यवस्थापनका लागि बनाएको नयाँ भवन संरचनाको पछाडीको रुखसँग टासिएको अवस्थामा शव फेला परेको छ ।

शव कुहिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । अहिलेसम्म शवको पहिचान भने खुलेको छैन ।

प्रतिक्रिया छाेड्नुहाेस्