महेन्द्रनगर– बैतडीको शिवनाथ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष कुश्मा चन्दले आफू विरुद्ध नियोजित रुपमा राजनितीक प्रहार गर्न थालिएको बताएकी छन् । महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी उनले आफ्नो प्रगती देखेर रिसमान्नेहरु बदनाम गर्न नियोजित रुपमा षडयन्त्र गरिरहेको बताएकी हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्ष निर्वाचित चन्द दुई वर्ष अघि एमाले छाडेर काँग्रेस प्रवेश गरेकी थिइन् ।
उनीमाथि एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनमा असहयोग गरेको आरोप लगाएर पाटीबाट कार्वाहि गरेको थियो । चन्द सानैदेखि मिहेनेती र प्रगती गरी पुरुषसरह काम गरेर देखाउनु पर्छ भनेर काममा खटिने सर्घषसिल महिला हुन् । चन्द घरको कामधन्दा, व्यापार व्यावसाय संगसंगै पढाईलाई पनि निरन्तरता दिइरहेकी छिन् । कुश्मा चन्द २०७४ को चुनावमा उपाध्यक्ष निर्वाचित भएकी हुन । ममाथि नियोजित रुपमा षडयन्त्र गरी एक लौटी तरिकाले समाचार आएका छन् पत्रकार सम्मेलनको सुरुवातमै उनले भनिन् ।
राजनीतिक रुपमा आफूमाथि प्रहार गरिएको भए पनि आफूले त्यसलाई स्वभाविक रुपमा लिएको उल्लेख गर्दै उनले आफ्नाबारे एकतर्फी आएका समाचार बारे आपत्ति व्यक्त गर्नु भयो । ‘यो मप्रति राजनीतिक प्रहार हुनु स्वभाविक नै हो, कसैले एकतर्फी रुपमा मलाई एक शब्द नसोधेर समाचार आउँछन् भने त्यो कसैले बनाउनु लगाएकै हो’ उनले भनिन्,‘यसलाई सहन सकिदैन, कानुनी लडाईमा जान्छु, यसका लागि परामर्श गरि रहेकी छु ।’ अनलाइनहरुमा प्रकाशित समाचारमा आफूमाथि लगाइएका भक्तपुरमा १ करोड २० लाखमा जमिन खरिद, स्काभेटर खरिद र अन्य आरोपित कुरामा प्रमाण समेत पेस गर्न खुल्ला चुनौती दिएकी छिन् ।
निवर्तमान उपाध्यक्ष चन्दले आफूलाई राजनीतिक रुपमा कमजोर बनाउन अपवाह फैलाउन थालिएको बताइन् । ‘अहिले म यो वा त्यो भन्दैन, जो भए पनि मलाई राजनीतिक रुपमा कमजोर बनाउने नियतले नै हो’ उनले भनिन् । यसबाट आफु कतीपनि विचलित नहुने बताउनु भयो । पत्रकार सम्मेलनमा उनले केही दिन अघि आफूलाई एमाले नेताबाट पार्टीमा फर्किन अफर आएको बताइन् । अहिले उनी काँग्रेस बैतडीको जिल्ला सदस्य छन् । शिक्षण पेशा छाडेर चन्द २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्ष उम्मेदवार भएर निर्वाचित भएकी थिइन् ।
एउटा महिला मान्छे समाज र परिवारको लागि विभिन्न संघर्ष गरेर प्रगती गर्दा जल्नेहरुले एकलौटी तरिकाले समाचार लेखाएको हुनपर्छ उनले भनिन् । यो एकजना म महिलामाथी मात्रै नभएर सबै महिलाहरुलाई अगाडी बढ्न नदिने सोच भएकाहरुले गरेको उपाध्यक्ष चन्दको भनाई छ । नियोजित र षडयन्त्रपूर्ण तरिकाले लेखाएको समाचारप्रति आफु कतिपनि विचलित नभएको र आफ्नो कार्यमा निरन्तर अगाढी बढिरहने चन्दले बताउनु भयो । आफु पदमा रहँदा केहि स्थानीय र जिल्ला स्तरका नेताहरुले विभिन्न कुरामा अनावस्यक दबाब दिएर आफुलाई स्वतन्त्रपूर्वक कामगर्न नदिएकाले अहिले आफु माथि राजनितीक प्रहार गरिरहेका समेत उपाध्यक्ष चन्दले बताईन ।