बैतडी– भारतमा गाडीको ठक्करबाट बैतडीका एक जनाको मृत्यु भएको छ ।
बैतडीको सुर्नया गाउँपालिका–८ मट्टे घर भई हाल भारतको पञ्जाबमा काम गर्दै आएका ३५ बर्षीय धनबीर साउँदको मृत्यु भएको हो ।
दुईदिन अगाडि गाडीको ठक्करबाट घाइते भएका साउँदको उपचारका क्रममा मृत्यु भएको उनका आफन्त धनसिंह साउँदले बताउनुभयो ।
मृतक साउँदका घरमा दुई छोरा र श्रीमती रहेका छन् । दुर्घटना कसरी भयो भन्ने बिषयमा समेत एकीन हुन नसकेको सुर्नया गाउँपालिका ४ घर भएका रामबहादुर महराले बताउनुभयो ।