बैतडी– बैतडीमा एक जनाले कोदालोले हिर्काएर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ७ धामी गाउँका ६२ वर्षिय कृष्ण धामीले कोदालोले हिर्काएर आफ्नै ५६ वर्षीया श्रीमती पार्वती धामीको हत्या गरेका हुन् । यस्तै घरमा डेरा गरेर बसेका माथि पनि उनले हातपात गरेका बताइएको छ ।
घरमा डेरा गरेर बसेका गाउँपालिकाका कर्मचारी सुबास कलौनी र कार्यालय सहयोगी देव राज भट्टलाई कोदालोले हिर्काएका हुन् । कोदालोले हिर्काउँदा दुवै कर्मचारी गम्भीर घाइते भएको जनाएको छ ।
बिहीबार बिहान ९ बजे कृष्णले कोदालो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । कोदालो प्रहारबाट गम्भीर घाइते भएकी उनकी श्रीमतीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको बताइएको छ ।
यस्तै गम्भीर घाइते भट्ट र कलौनीलाई नेपाली सेनाको हेलिकप्टरमा थप उपचारका लागि अन्यत्र पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारीतथा प्रहरी निरिक्षक नन्दराज जोशिले बताउनुभयो । घटना सम्बन्धि थप विवरण आउन बाँकि छ ।