काठमाडौं– उसो त आजकल सबैसँग धेरै ¥याम र स्टोरेजवाला स्मार्टफोन बजारमा उपलब्ध छन् । हुनत सुपथ मूल्यमै १२८ जीबी स्टोरेजसम्मका फोन पाइन्छन् । तर, स्टोरेजको समस्या चाहिं अझै पनि कायमै छ ।
फोन छ त त्यसमा फोटो भिडियो पनि हुन्छन् र त्यसका अतिरिक्त अन्य विभिन्न आवश्यक एपहरु प्नि अवश्य रहन्छन् ।
वास्तवमा फोन आज हाम्रो जीवनको अहम् हिस्सा बनेको छ। तर फोनको मेमोरी कम हुँदा कहिलेकाहीं हामीलाई निकै समस्या पनि पर्दछ ।
यस्तोमा फोनमा मेमोरी बढाउने केही टिप्स यस्ता छन्
१. क्लाउड स्टोरेजको प्रयोग गर्नुहोस्
फोनमा सबैभन्दा धेरै मेमोरीको खपत फोटो तथा भिडियोहरुमा हुन्छ । त्यसैले स्टोरेज बँचाउनका लागि गुगल फोटोज तथा अन्य क्लाउड स्टोरेज सर्भिसको प्रयोग गर्नुहोस् र फोनको स्टोरेजलाई आराम दिनुहोस् ।
पछिल्लो समयमा विभिन्न मोबाइल कम्पनीहरुले पनि क्लाउड स्टोरेज अफर गर्न थालेका छन् ।
यस्तोमा तपाइँ क्लाउड स्टोरेजको प्रयोग गरेर आफ्ना फाइलहरुलाई फोनको स्टोरेजको साटो सर्भरमा राख्न सक्नुहुन्छ । कतिपय क्लाउड सर्भिसका लागि शुल्क तिर्नुपर्ने पनि हुन्छ।
२. टेम्पररी फाइलहरु हटाउनुहोस्
फोनमा क्यास मेमोरीलाई डिलिट गरेर पनि भण्डारणलाई खाली गर्न सकिन्छ । यसका लागि स्टोरेजमा गएर एपहरुलाई खोल्नुहोस् र त्यहाँबाट क्यासलाई हटाउन सक्नुहुन्छ।
क्यास भनेका अस्थायी फाइलहरु हुन् जो फोनमा संग्रहित भएका हुन्छन् । फोनको स्टोरेजमा गएर एकसाथ पूरै क्यास फाइल डिलिट गर्न सकिन्छ।
३. सफाइ एपको प्रयोग गर्नुहोस्
फोनको मेमोरी भरिंदै जाँदा हामी धेरैले विभिन्न खालका क्लिनिंग एपको प्रयोग गर्दछौं ।
त्यसैले क्लिनिङ एपको प्रयोग गरेर स्टोरेजलाई उल्लेख्य मात्रामा खाली गर्न सकिन्छ ।
यसको साटो गुगलको फाइल एपको प्रयोग गर्नुहोस् । त्यसले क्लिनिङ एपको पनि काम गर्दछ । त्यसमा विभिन्न प्रकारका चिजहरु एकसाथ देखिन्छन्, जस्तै junk file, duplicate file, memes, large files आदि ।