दशरथचन्द नगरपालिकाे दाेस्राे स्थापना दिवसको अवसरमा दिप प्रज्वलन

बैतडी– बैतडीको दशरथचन्द नगरपालिकाको स्थापना दिवसको अवसरमा दिप प्रज्वलन गरिएको छ ।

नगरपालिकाको २८औँ वर्षमा प्रवेस गरेको अवसरमा आज गडीमा शहिद दशरथचन्दको सालिकमा मल्यार्पण सगैँ दिप प्रज्वलन गरिएको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजेन्द्र विष्टले बताउनुभयो ।

नगरपालिकाको दोस्रो स्थापना दिवसको अवसरमा यसअघि विद्यालयमा वक्तित्वकला, सरसफाई विरामी र कैदीवन्दीहरुलाई फलफूल वितरण गरिएको छ । यस्तै आज शहिद दशरथचन्दको शालीकमा मल्यापर्ण कार्यक्रम गरिएको हो । यस्तै भोलि विविध कार्यक्रमका साथ स्थापना दिवस मनाईने नगरपालिकाले जनाएको छ ।

दशरथचन्द नगरपालिकाको स्थापना भएको २७ वर्ष पुरा भई २८ औँ वर्षमा प्रवेस गरेपनि दिवस मनाउन सुरु गरेको दोस्रो बर्ष भएकाले दोस्रो नगरपालिका स्थापना दिवस भनिएको सुचना अधिकारी विष्टको भनाई छ

प्रतिक्रिया छाेड्नुहाेस्