बैतडी– बैतडीमा खुल्ला रुपमा धुम्रपान गर्ने १० जनालाई कारबाही गरिएको छ ।
सार्वजनिक स्थानमा धूम्रपान गर्ने १० जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
फागुन ११ गते देखि चैत्र २९ गते सम्म सार्वजनिक स्थानमा धूम्रपान गर्ने १० जना कारबाहीमा परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता खेमविक्रम केसीले बताउनुभयो ।
लागुऔषध विरुद्धको महाअभियान अन्तर्गत कार्यक्रम सञ्चालन गरेर सार्वजनिक ठाउँमा धूम्रपान गर्नेहरुलाई कारबाही गर्ने गरिएको उहाँले बताउनुभयो ।
सार्वजनिक स्थानमा धूम्रपान सेवन गर्नेलाई जनही सय रुपैयाँ जरिवाना गर्ने गरिएको छ । गत माघमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा लगायतका सरोकारवाला निकायको उपस्थितिमा बसेको बैठकले जिल्लाका सार्वजनिक स्थानमा धूम्रपान निषेधका लागि निर्णय गरेको थियो ।