बैतडी – बैतडीमा लागू औषध मुद्दाका फरार प्रतिवादी विष्ट थरका एकजाना व्यक्ति पक्राउ परेका छन् । जिल्लाको सुर्नया गाउँपालिका –५ का ३५ बर्षीय सुरेशबहादुर बिष्टलाई शुक्रबार साँझ साढे ६ बजे दशरथचन्द नगरपालिका –४ छेलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
जिल्ला अदालत बैतडीले बिष्टलाई चरेश मुद्दामा ४ महिना १९ दिनको कैद सजाय र २ हजार रुपैयाँ जरीवाना हुने फैसला गरेको थियो । उक्त फैसला कार्यान्वयनका लागि बिष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।