बैतडी : जिल्लामा पोलियो रोग विरुद्धको आई पि.भी खोप अभियान २०८१ संचालन गरिने भएको छ । सरोकारवालाहरु संगको बैठकमा अभियान अन्तरगत जिल्लाभित्र २०७३ बैशाख देखी ०७५ असौज सम्म जन्मेका बालवालिकालाई खोप दिईने स्वस्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर हरीष भट्टले जानकारी दिनु भयो ।
यो अभियान देसव्यापी संचालन हुनेभए पनि बैतडीमा यही जेठ १६ गते देखि २३ गते सम्म संचालन हुने भएको छ । नेपालमा यो खोप सेवा २०७१ सालदेखि संचालन गरिएपनि २०७३ जेठ देखी ०७५ भदो सम्म आई पि.भी खोप अभाव भएको थियो ।
खोप अभाव भएको अवधिमा छुटेका वालवालिकाहरुलाई पोलियो रोग लाग्ने जोखिम हुने हुँदा यो खोप लागाउन अभियान संचालन गर्नु परेको हो । देसभरी खोप लगाउनु पर्ने १४ लाख ६२ हजार ७१२ लक्षित बालवालिका भएपनि बैतडीमा भने १२ हजार ८३५ जना रहेको स्वास्थ्य कार्यालय बैतडीको तथ्यांकमा रहेको छ ।
नजिकको खोप केन्द्रमा गएर आफ्ना बालवालिकाहरुलाई पोलियो रोग विरुद्धको आई पि.भी खोप ढुक्क भएर लगाउन स्वास्थ्य कार्यालय बैतडीले सबैलाई अनुरोध गरेको छ ।