बैतडी– बैतडीको एक बैंकमा एक हजारको नक्कली नोट भेटिएको छ । कुनै अर्को बैंकबाट आएको पैसाको गड्डी भित्र सो नक्कली एक हजारको नोट भेटिएको नाम सार्वजनिक नगर्ने सर्तमा बैंकका प्रवन्धकले बताएका छन् ।
उनले भने “हामीले त्यो रुपयाँको सट्टामा अर्को एक हजारको नोट खल्तीबाट बैंकमा जम्मा गरेर त्यसको मुचुल्का उठाएर राखेका छौँ” । बजारमा यो नक्कली एक हजार रुपयाँ कहाँबाट कसले ल्यायो भन्नेबारे बैंकले जानकारी दिएको छैन् ।