उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

काठमान्डौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएका छन् ।

बुधबार उच्च अदालत पाटनले सन्दीपको मुद्दामा अन्तिम सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौंले यसअघि गरेको फैसला बदर गरेको प्रवक्ता विमल पराजुलीले बताउनु भयो । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले लामेछानेलाई सफाइ दिएको हो ।

यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । उक्त फैसलामा चित्त नबुझाएपछि सरकार र लामिछाने दुवै उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । उच्च अदालतबाट सन्दीप लामिछानेले सफाइ पाएपछि उनका समर्थकले र्‍याली निकालेका छन् ।

प्रतिक्रिया छाेड्नुहाेस्