बैतडी अस्पतालका चिकित्सकहरु आन्दोलित, आइतबारबाट इमेरजेन्सि बाहेकका सेवा बन्द गर्ने

बैतडी- विगत नौँ महिनादेखिको अतिरित्त सेवा र विदाको दिन सेवा गरेवाफतको भक्ता भुक्तानी नगरेको भन्दै बैतडी अस्पतालका चिकित्सकहरुले भोली आइतबार (०८१ बैसाख ३०) गतेबाट इमेरजेन्सी बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई पटक–पटक पत्राचार गर्दा समेत चासो नदेखाएकाले दाबाव स्वरुप आन्दोलनमा उत्रिनुपरेको जिल्ला अस्पताल बैतडीका डाक्टर हरीष विष्टले बताउनुभयो । ९६ घण्टे अल्टिमेटम दिदा समेत सामाजिक विकास मन्त्रालयले आफुहरुको मागमा कुनै वास्ता नगरेकाले भोलिदेखि इमेरजेन्सि बाहेकका सेवा बन्द गर्ने कार्यक्रम रहेको विष्टले बताउनुभयो ।

अस्पतालको सेवा प्रभावित हुने भएपछि यहाँका विरामी तथा सेवाग्राहीहरुलाई समेत समस्या हुने देखिएको छ । यसअघि जिल्ला अस्पतालको बहिरङ्ग विभाग, फार्मेसी विभाग, एनेसथेसिया विभाग, प्रयोगशाला विभाग लगायतले अलक-अलग विज्ञप्ती जारी गर्दै आफुहरुका माग पुरा नभए सेवा बन्द गर्ने चेतावनी दिएका थिए ।

अस्पताल व्यवस्थापन समिति अध्यक्ष पार्वती भट्ट र अस्पताल प्रमुख सुनील विक समस्या समाधानका लागि धनगढीमा रहेको भएपनि समस्या सामाधान हुने टुङ्गो भने लाग्न सकेको छैन् । डाक्टर तथा कर्मचारीहरुको अतिरिक्त सेवा गरे वाफतको रकम भुक्तानीका लागि आफुहरुले पहल गरिरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताउनुभयो ।

प्रतिक्रिया छाेड्नुहाेस्