नेपालले अमेरिका र क्यानडासँग टी २० विश्वकप अभ्यास खेल खेल्ने

काठमाडौं- नेपालले आईसीसी टी २० विश्वकप वार्मअप खेल अमेरिका र क्यानडासँग खेल्ने भएको छ ।

विश्वकप अघि आईसीसीले प्रदान गर्ने दुई वार्मअप ९अभ्यास० खेल तय भएका हुन् । नेपालले २७ मेमा क्यानडा र ३० मेमा अमेरिकासँग डालासमा वार्मअप खेल खेल्नेछ ।

आईसीसी टी-२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेष्टइण्डिज र अमेरिकामा आयोजना हुँदैछ । टी-२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् । चार समूहमा ५–५ टोली छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर-८ मा पुग्नेछन् ।

सुपर ८ मा दुई समूह हुनेछन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् ।

समूह डी मा नेपाल, बंगलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलंका छन् । नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ ।

प्रतिक्रिया छाेड्नुहाेस्