जिल्ला समन्वय समिति बैतडीको अनुगमन सुरु

जिल्ला समन्वय समति बैतडीले प्रदेस, केन्द्र र स्थानियततह द्धारा संचालित योजनाहरुको अनुगमन सुरु गरेको छ । चालु आर्थिक वर्षमा जिल्लाका निर्माणाधिन र निर्माण सम्पन्न भएका योजनाहरुको अनुगमन सुरु गरेको छ ।

योजना निर्माण गर्दा दिगो रस्टमेट अनुसार भए नभएको, कति जनता लभांवित भए, योजनाहरुको गुणस्तर जस्ता कुराहरुको अनुगमन गरिन लागेको जिल्ला समुन्वय समिति बैतडीका प्रमुख खगेन्द्र सिह धामीले बताउनु भयो ।

आईतबारबाट सुरु गरेको अनुगमनमा पाटन नगरपालिका बाट अनुगमन सुरु गरी पञ्चेश्वर, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकामा निर्माणधिन योजनाको अनुगमन गरिने जिल्ला समुन्वय समिति बैतडीका सदस्य प्रेम भाटले बताउनु भयो । समुन्वय समिति बैतडीका प्रमुख खगेन्द्र सिह धामीको नेतृत्वमा उपप्रमुख दमन कुवर अन्य सदस्य र सरोकारवालाहरु सहितको अनुगमन चलिरहेको समुन्वय समिति बैतडीले जनाएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्