पञ्चेश्वरमा विद्यार्थी संग अध्यक्ष कार्यक्रम संचालन

बैतडी : जिल्लाको पञ्चेश्वर गाउँपालिकाले गाउँपालिकाका विद्यालयमा विद्यार्थी संग अध्यक्ष कार्यक्रम संचालन गरेको छ । विद्यार्थीहरुको आवस्यकता, समस्या, पढाईको गुणस्तर र विद्यालयको अवस्था प्रत्यक विद्यालयमा गएर सिधै गाउँपालिका अध्यक्षले बुझ्नको लागि यो कार्यक्रम संचालन गरिएको हो ।

गाउँपालिकाकामा रहेका सबै विद्यालयमा गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्द आफै कार्यक्रममा उपस्थित भएर विद्यार्थीहरु संग प्रत्यक्ष विद्यार्थीहरुका गुनासा, आवस्यकता बुझ्नुका साथै विद्यार्थीहरुलाई पढाई सम्बन्धि आवस्यक सुझाव समेत दिईरहेका छन् ।

विद्यार्थीहरुसंगको यो कार्यक्रमले विद्यार्थीहरुको सुझाव लिने, उनीहरुका आवस्यकता बुझ्ने, शिक्षक र विद्यालय व्यवस्थापन समितिका माग र सुझाव लिने र त्यसलाई कार्यान्वयन गर्ने उद्देश्यले विद्यार्थी संग अध्यक्ष कार्यक्रम संचालन गरेको गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले बताउनु भयो ।

विद्यार्थी संग गाउँपालिका अध्यक्षको कार्यक्रमले विद्यार्थी, शिक्षक र विद्यालयको अवस्था बुझिनुका साथै विद्यालयको प्रगतीमा पनि सहयोग पुग्ने भएकाले यो कार्यक्रम एकदमै प्रभावकारी रहेको नागार्चन माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेस भण्डारीले बताउनु भयो ।

कार्यक्रमको सुरुवात गाउँपालिकाको वडा नं. ५ र ६ बाट सुरु गरिएको छ । कार्यक्रम गाउँपालिकाका सबै विद्यालयमा निरन्तर संचालन गरिने विद्यार्थी संग अध्याक्ष कार्यक्रमका संयोजक राइजन सार्कीले बताउनु भयो ।

प्रतिक्रिया छाेड्नुहाेस्