बैतडी- बैतडीकाे दशरथचन्द नगरपालिका- १० भगाडेनाेलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बैतडीको दाेगडाकेदार गाउँपालिका ६ सित्तड माइत भइ भारतकाे पिथाैरागढ घर भएकी २१ वर्षीया मिना जाेशी रहेकाे प्रहरीले जनाएको छ ।
यस्तै घाइते हुनेहरूमा मृतक मिनाका श्रीमान ३० निरज भट्ट, दशरथचन्द नगरपालिका ६ गाजरी ४५ वर्षीया जानकी चुनारा , मेलाैली नगरपालिका २ का ७६ वर्षीय कृष्णबहादुर चन्द, पुर्चाैडी नगरपालिका ५ कुवाकाेटकी २८ वर्षीया निरा कुँवर, दशरथचन्द नगरपालिका १० का २८ वर्षीय ललितराम टमटा, साेही ठाउँका ३० वर्षीया निर्मला टमटा, निर्मलाका छाेरा ८ वर्षीय कार्तिक टमटा, दशरथचन्द नगरपालिका २ देहिमाडाैं माइत भएर भारतकाे पिथाैरागढ घर भएकी २४ वर्षीया रतना काेहरा र रतनाका श्रीमान २६ वर्षीय किसन काेहरा रहेका छन् । चालक दार्चुलाकाे लेकम गाउँपालिका ३ लालीका ३१ वर्षीया भुवन टमटा फरार रहेका र उनकाे खाेजी कार्य भइरहेको छ ।
जिल्लाको सदरमुकाम गोठलापानीबाट भारतीय सीमानाका झुलाघाटतर्फ गइरहेको सुप प्र ०१००१ ज १५०० नम्बरको जिप दिउँसो ३ बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर एकजनाको मृत्यु भएको र आठजना घाइते भएका छन्। मृतक महिला रहेकाे परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनास्थलमा जीपको मुनि च्यापिएकी अवस्थामा प्रहरीले उद्धार गरि जिल्ला अस्पताल ल्याउदा ती महिलाको मृत्युु भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताउनुभयाे ।
दुर्घटनाग्रस्त जिप सडकबाट ३० मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न सकेको छैन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।